
प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सोमबार सिंहदबारमा बस्दै । तस्वीर – रोशन सापकोटा, रासस, काठमाडौँ
काठमाडौँ, ९ पुस – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ ।
समितिको आज बसेको बैठकमा समिति सभापति पवित्रा निरौला (खरेल) ले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर भएकाले तत्काल सम्बोधनका लागि परराष्ट्र र रक्षा मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो । बैठकमा समिति सदस्य रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपू ब्रिटिस गोर्खाको सङ्घर्ष राष्ट्रियता, न्याय र समानताका लागि भएको बताउँदै यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग छुट्टै छलफल गर्नुपर्ने बताउनुभयो ।
समिति सदस्य एवं पूर्वरक्षामन्त्री भीमबहादुर रावलले भूपू ब्रिटिस गोर्खाका समस्या सम्बोधन गर्ने सम्बन्धमा नेपाल सरकारले विज्ञसहितको वार्ता टोली बनाएर तुरुन्त संयुक्त अधिराज्यसँग वार्ता गर्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले भूपू ब्रिटिस गोर्खाका समस्या यथावत् रहेको अवस्थामा ब्रिटिस गोर्खा सैनिकमा नेपाली महिलाको भर्ती शुरुआत भएकोप्रति आपत्ति प्रकट गर्नुभयो ।
बैठकमा समिति सदस्य सुजिता शाक्य, सुदन किराँती, दिव्यमणि राजभण्डारी, दीपकप्रकाश भट्ट, नारदमुनी राना, रेनुका गुरुङ, सरलाकुमारी यादव र बोधमाया कुमारी यादवले विगत २०० वर्षदेखि ब्रिटिस गोर्खामा कार्यरत नेपालीलाई बेलायतले शोषण गरिहेको भन्दै समस्या सम्बोधन गर्न नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमार राई, संयुक्त सत्याग्रह सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राई र पूर्वमहान्याधिवक्ता डा युवराज सङ्ग्रौलाले ब्रिटिस गोर्खा सैनिकले भोग्दै आएका समस्याका बारेमा अवगत गराउँदै न्यायका लागि समिति र सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल