काठमाडौँ, ७ पुस – नेपाली काङ्ग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ ।
विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले आज अपरान्ह प्रस्ताव प्रस्तुत गर्नुभएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति सदस्यलाई बाँड्ने कामसमेत जारी रहेको जानकारी दिनुभयो । प्रस्ताव प्रस्तुत भएसँगै आजैदेखि महासमिति सदस्यहरुलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ । महासमिति सदस्यहरुले राख्नुभएको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ ।
गत हप्ता शनिबार उद्घाटन भएको महासमिति बैठक पार्टी केन्द्रीय समितिमा विधान संशोधनको प्रस्तावमा सहमति जुट्न ढिला हुँदा अझै जारी छ । केन्द्रीय समितिमा सहमति भएपछि विधान छापेर बाँड्दा ढिला भएको मुख्सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ