काठमाडौँ, २९ मङ्सिर – महत्वका साथ हेरिएको नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि राजधानीमा शुरु भएको छ ।
बैठक उद्घाटन समारोहमा नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको सन्देश प्रस्तुत गर्नुभयो ।
दुई नेताबीच दूरी बढेको सार्वजनिक टिप्पणी भइरहेका बेला बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले हात समाएर एकताको सन्देश दिन आह्वान गर्नुभएको थियो । गच्छदारले भाषण गर्ने बेलामा दुवै नेतालाई एक हुन सार्वजनिकरुपमा अनुरोध गरेपछि उपस्थित कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले आफू सबै नेतालाई मिलाएर अघि बढ्न तयार रहेको बताउनुभयो । महासमिति बैठकबाट एकताको सन्देश लिएर जिल्ला फर्कन उहाँले महासमिति सदस्यलाई आह्वान गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले भाषण र भावनामा भन्दा पनि आत्मादेखि नीतिगतरुपमै पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बोलाइमा एकता व्यवहारमा अनेकता नगर्न उहाँले नेतृत्वलाई सचेत गराउनुभयो ।
उपसभापतिद्वय गच्छदार र विमलेन्द्र निधिले विसं २०५५ मा नेताद्वय कृष्णप्रसाद भट्टराई एवं गिरिजाप्रसाद कोइरालाले एकताबद्ध भई जनतामाँझ जाँदा विसं २०५६ को निर्वाचनमा पार्टीको पक्षमा जनमत आएकोतर्फ नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।
महामन्त्री डा शशांक कोइरालाले पनि दुवै नेतालाई पार्टी एकताबद्ध बनाउन सम्पूर्ण तागत लगाउन माग गर्नुभएको थियो । एकतामा पार्टीको हितभन्दा व्यक्तिको स्वार्थ महत्वपूर्ण हुनु नहुने उहाँको भनाइ थियो ।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले आज रातिसम्म विधानको मस्यौदामा केन्द्रीय समिति बैठकमा सहमति गरी आइतबारको बैठकमा पेश गर्ने प्रतिबद्धता जनाउनुभयो । कोषाध्यक्ष सीतादेवी यादवले पार्टी पदाधिकारीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था विधानमा गर्न माग गर्नुभयो ।
सहमहामन्त्री डा प्रकाशशरण महतले अर्को निर्वाचनको कार्ययोजनासहित पार्टी अघि बढ्ने बताउनुभयो । पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले पार्टीमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्मा, काठमाडौँ सभापति कृष्ण सबुज बानियाँलगायतले पार्टीलाई एकताबद्ध बनाउन सबै नेताको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
बैठकमा नेपालको सनातन धर्ममाथि भइरहेको आक्रमणप्रति नेताहरुले आपत्ति जनाएका थिए । केही नेताले भने महासमिति बैठकस्थलमै हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलाएका छन् ।
बैठकको बन्दसत्र आइतबारदेखि शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदालगायत चार वटा प्रस्ताव पेश हुने जनाइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य