काठमाडौँ, २९ मङ्सिर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।” उहाँले नयाँनयाँ राजमार्ग निर्माणको कामको पनि थालनी गरिएको बताउँदै भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ-असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने बताउनुभयो ।
सरकार आँफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आँफै किन्न लागेको बताउँदै उहाँले यसको लागि सरकारले पनि स्विकृति दिइसकेको उल्लेख गर्नुभयो । मन्त्री महासेठले पानीजहाज चलाउने भन्दा प्रधानमन्त्री ओलीको खिल्ली उडाउने काम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजको पानीजहाज बनाएर पानीमा हालेर यही हो केपी ओलीको जहाज भनेर प्रतिपक्षका साथीहरूबाट सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रचार गरियो । तर, ढुक्क हुनुहोस् हामी आफ्नै पानीजहाज चलाउने अन्तिम अन्तिम चरणमा पुगिसकेका छौँ ।”
आफूहरूले सिण्डिकेट तोडेको सुनाउँदै अझैपनि पुरानो कानुनका कारण बसहरू कम्पनीमा आउन नसकेको गुनासो गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा