लन्डन । चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले आपतकालिन राहत कोषका लागि करिब २२ हजार तीन सय पाउण्ड संकलन गरेको छ ।
चितवन जिल्लाबाट बेलायत आइ बसोवास गर्ने नेपालीहरुको संस्थाका रुपमा परिचित ‘क्याट यूके’ ले आइतबार साउथ ह्यारोमा च्यारिटी गरि आपतकालिन राहत कोषमा रकम जम्मा गरेको हो । उक्त कोषमा रकम आउने क्रम जारी रहेको च्यारिटी कार्यक्रम संयोजक शान्तविनोद लामिछानेले जनाए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुल आचार्यले क्याट यूकेले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गरे । उनले सामाजिक क्षेत्रमा एक दशकमा क्याट यूकेले धेरै उल्लेखनीय काम गरेको जनाए । उपाध्यक्ष आचार्यले गैरआवासीय नेपालीले अब मातृभूमिमा लगानी गर्नुपर्नेमा जोड दिए ।
गैरआवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष पुनम गुरुङले क्याट यूकेले आपतविपतमा नेपालीलाई सहयोग गरेको बताइन् । अर्का उपाध्यक्ष शेर सुनवारले समाजसेवा मानवीय कार्य भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
क्याट यूकेका उपसभापति यादव श्रेष्ठले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिबारे जानकारी दिए । हाल बेलायत भ्रमणमा रहेकी शिक्षिका गायत्री श्रेष्ठले आफ्ना विद्यार्थीको प्रगति देखेर छाती नाङलो जत्रो भएको बताइन् । उनले चितवन साहित्य परिषद्मा क्याट यूकेले गरेको कामको उच्च मुल्याङकन गर्दै अध्यक्ष देवेन्द्र श्रेष्ठलाई प्रशंसा पत्र समेत दिइन् ।

क्याट यूकेका सल्लाहकार तथा च्यारिटी संयोजक शान्ताविनोद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा क्याट यूकेकी सदस्य भगवती रानाभाटले स्वागत मन्तव्य राखेकी थिइन् । च्यारिटी संयोजक लामिछानेले स्टेजमा बोलाउंदै रकम घोषणा गर्न लगाएका थिए । सो क्रममा सबैभन्दा बढि चितवनकै व्यवसायी तथा समाजसेवी राजु आचार्यले एक हजार एक सय ११ पाउण्ड सहयोग घोषणा गरेका थिए ।
यसैबीच, कार्यक्रममा हांस्यव्यंग्य कलाकार मनोज गजुरेल र सरिता गुरुङ श्रेष्ठलगायतले आफ्नो कलामार्फत उपस्थित दर्शकलाई मनोरन्जन गराए ।
तस्विर- नेपाल संसार
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम