लन्डन । नेपालीहरुको अत्यधिक बसोवास रहेको अल्डरसटमा शिव मन्दिर बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले अल्डरसटको क्वीन्स रोडमा अवस्थित एक सामुदायिक भवन खरिद गरि त्यसलाई मन्दिरको स्वरुप दिन लागेको हो ।
३ लाख पाउण्ड पर्ने उक्त प्रोपर्टीको चाबी आउंदो जनवरी १० तारिखसम्म लिने योजनामा सेन्टर छ । ‘हामीले शुरुमा ३५ प्रतिशत पैसा डिपोजिट गरेर भवन खरिद गर्ने सोच बनाएका थियौं जसमा एक लाख पाउण्ड बुझाए पुग्थ्यो’- सेन्टरका अध्यक्ष रोहित गुरुङले वीनेपालीसंग भने, ‘तर अहिलेसम्म दुई लाख पाउण्ड बढिको प्रतिवद्धता आइसकेकाले मोर्गेज फ्रि नै हुने आशा पनि बढेको छ ।’
हालैमात्र फार्नबोरो साइ सेन्टरले ५० हजार पाउण्ड र बेलायतका सफल व्यवसायी रबिजंग लामिछानेले १३ हजार पाउण्ड दिने प्रतिवद्धता जनाएको अध्यक्ष गुरुङले जनाए ।
उक्त भवनमा एकसय ५० जनासम्म श्रद्धालु अट्ने विश्वास गरिएको छ । पण्डित दिनबन्धु पोखरेललाई आमन्त्रण गरि जनवरी ४ देखि ६ तारिखसम्म तीन दिने भागवत पुराण लगाएर थप आर्थिक सहयोग संकलन गर्ने योजना पनि सेन्टरले बनाएको छ ।
मन्दिर खरिदमा सेन्टरका अध्यक्ष रोहित गुरुङ, महासचिव विक्रम भट्टराई, सल्लाहकार भिम बानिया, मेजर रिटायर्ड सूर्यप्रसाद उपाध्याय, कोषाध्यक्ष बाचस्पति रेग्मी, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, संरक्षक डा. विनोद कुमार, सामाजिक अभियन्ता सुनित जैन, एम्पायर हलका सञ्चालक पुरण गिरी, फार्नबोरो साइ सेन्टरकी अध्यक्ष सुष्मा गुरुङ लगायत दिनरात खटिएका छन् ।
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले केही भारतीय समाजसेवीसंग मिलेर एम्पायर हलमा विगत तीन वर्ष देखि भाडामा मन्दिर सञ्चालन गरिरहेको छ । एम्पायर हलको माथिल्लो कोठामा मन्दिर निर्माण अघि र पछि भक्तजन एवं समाजसेवीबाट चन्दा संकलन गरि सेन्टरले ५० हजार पाउण्ड बचाएको थियो । अब नयां भवन खरिदमा उक्त वचत रकम पनि प्रयोग गरिनेछ ।
यसअघि सम्पन्न सेन्टरको नवौं वार्षिक साधारणसभामा पनि मन्दिर खरिद प्रमुख एजेन्डा बनाइ चन्दा आव्हान गरिएको थियो । साधारणसभाका क्रममा धेरै दानवीरले मन्दिरका लागि चन्दा दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सेन्टरले हरेक नेपाली चाड पर्व जस्तै दशैं, बुद्ध पूर्णिमा, जनै पूर्णिमा, फागू पूर्णिमा, जन्माष्टमी, सनातन धर्मबारे प्रवचन, योगा, साइ बाबा प्रवचन देखि भजन, बिहान बेलुका नियमित आरती गर्दै आएको छ ।
हालसम्म उठेको र प्रतिवद्धता रकम-
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न