
मनकामनामा दर्शनार्थीको भीड
बडादशैँअन्तर्गत महाअष्ठमीका अवसरमा गोरखाको मनकामना मन्दिरमा बुधबार दर्शनार्थीको भीड । तस्वीर – रासस
काठमाडौँ, ३१ असोज – नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ ।
शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा देवीको पूजाआराधना भइरहेको विभिन्न जिल्लाबाट रासस समाचारदाताले जनाएका छन् ।
सङ्घीय राजधानी काठमाडौस्थित गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, इद्रायणी, नरदेवी, वज्रवाराही, रक्तकाली, सङ्कटा, बगंलामुखीलगायत शक्तिपीठहरूमा बलि चढाउने र पूजा–आराधना गर्नेहरूको घुँइचो लागेको छ ।
काठमाडौँ उपत्यका नजिकै अवस्थित दक्षिणकाली, काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली र मनकामना, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, वीरगञ्जको गहवामाई, वाराको गढीमाई, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, बाग्लुङको कालीका भगवती, धरानको दन्तकाली, डडेलधुराको उग्रतारा, भोजपुरको सिद्धकाली, बाकेको वागेश्वरी, ताप्लेजुङको पाथिभरा मन्दिरमा पनि दर्शनार्थीको घुँइचो लागेको छ ।
रासस समाचारदाताहरुका अनुसार ती शक्तिपीठमा चण्डी पाठसहित देवीको उपसना भइरहेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा