
काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दशै दक्षिणा’ नामक विशेष अफर ल्याएको छ ।
नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक विक्रेता आईटिपी नेपाल प्रालिले २४ असोजदेखि कार्तिक ३० सम्म लागु हुनेगरी दशैं दक्षिणा अफर ल्याएको हो । यस अफर अन्तर्गत नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘इयर हेडफोन’ प्रदान गरिने जनाइएको छ ।
दशैं दक्षिणा अफर अन्तर्गत ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा भएको एम २ लाइट फोनको मूल्य १८,७९५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो फोन १९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।
यसैगरी ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिसक्सेल सेल्फी क्यामरा जडित एन २ फोन १,७०४ रुपैयाँ क्यासब्याक दिएर २३,१९५ रुपैयाँमा उपलब्ध गराइएको छ । यसअघि यो फोनको मूल्य २४,८९९ रुपैयाँ कायम थियो ।
त्यस्तै ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड १७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई १,००४ रुपैयाँ क्यासब्याक दिइएको छ । यसको वर्तमान मूल्य २८,९९५ रुपैयाँ कायम गरिएको छ भने यसअघि २९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।
६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड १७ मिनिजी स्मार्ट फोनको मूल्य ३२,९९५ रुपैयाँ कायम गरिएको छ । जबकी यो फोन ३७,४९९ रुपैयाँमा विक्री हुँदै आएको थियो । यसमा ग्राहकलाई ४,५०४ रुपैयाँ क्यासब्याक दिइएको छ ।
यसैगरी दशैको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जीबी र्याम, ६४ जीबी रोम, १३ एमपी र २ एमपी ड्युल क्यामरा एवं १६ मेगापिक्सेलको सेल्फी क्यामरा जडित जेड १७ लाइट फोन ३१,९९५ रुपैयाँमा उपलब्ध गराइएको आईटिपी नेपालले जनाएको छ ।
अब केही दिनभित्रै नुबियाको भी १८ मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ ।
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने