
काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ र तिहारको अवसर पारेर ‘नुविया स्मार्ट फोन’ले ग्राहकका लागि ‘दशै दक्षिणा’ नामक विशेष अफर ल्याएको छ ।
नेपालका लागि नुविया स्मार्ट फोनको आधिकारिक विक्रेता आईटिपी नेपाल प्रालिले २४ असोजदेखि कार्तिक ३० सम्म लागु हुनेगरी दशैं दक्षिणा अफर ल्याएको हो । यस अफर अन्तर्गत नुवियाका प्रत्येक फोनको खरिदमा क्यासब्याक दिनुका साथै एउटा ‘इयर हेडफोन’ प्रदान गरिने जनाइएको छ ।
दशैं दक्षिणा अफर अन्तर्गत ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिक्सेल सेल्फी क्यामरा भएको एम २ लाइट फोनको मूल्य १८,७९५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो फोन १९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।
यसैगरी ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल रियर र १६ मेगा पिसक्सेल सेल्फी क्यामरा जडित एन २ फोन १,७०४ रुपैयाँ क्यासब्याक दिएर २३,१९५ रुपैयाँमा उपलब्ध गराइएको छ । यसअघि यो फोनको मूल्य २४,८९९ रुपैयाँ कायम थियो ।
त्यस्तै ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ मेगा पिक्सेलको सेल्फी क्यामरा भएको जेड १७ मिनी मोडलको स्मार्ट फोन खरिदमा ग्राहकलाई १,००४ रुपैयाँ क्यासब्याक दिइएको छ । यसको वर्तमान मूल्य २८,९९५ रुपैयाँ कायम गरिएको छ भने यसअघि २९,९९९ रुपैयाँमा विक्री हुँदै आएको थियो ।
६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगा पिक्सेल ड्युल रियर र १६ र ५ मेगा पिक्सेल क्यामरा भएको जेड १७ मिनिजी स्मार्ट फोनको मूल्य ३२,९९५ रुपैयाँ कायम गरिएको छ । जबकी यो फोन ३७,४९९ रुपैयाँमा विक्री हुँदै आएको थियो । यसमा ग्राहकलाई ४,५०४ रुपैयाँ क्यासब्याक दिइएको छ ।
यसैगरी दशैको अवसर पारेर हालै मात्र नेपाली बजारमा ल्याइएको ६ जीबी र्याम, ६४ जीबी रोम, १३ एमपी र २ एमपी ड्युल क्यामरा एवं १६ मेगापिक्सेलको सेल्फी क्यामरा जडित जेड १७ लाइट फोन ३१,९९५ रुपैयाँमा उपलब्ध गराइएको आईटिपी नेपालले जनाएको छ ।
अब केही दिनभित्रै नुबियाको भी १८ मोडल पनि नेपाली बजारमा सार्वजनिक गरिने जनाइएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ