
काठमाडौँ, ९ असोज – भूकम्पपछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले संयुक्त राष्ट्र सङ्घलाई जानकारी गराउने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्र सङ्घको भवनमा आयोजना हुने ‘विपद् पश्चात्को आवश्यकता आँकलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तुति गर्नु हुने कार्यक्रम छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात् नेपालको पुनः निर्माण तथा पुनः स्थापनासम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नु हुने कार्यक्रम छ । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राति अमेरिकातर्फ जाँदै हुनुहुन्छ ।
“कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनः निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिकलगायत अरू सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।
कार्यक्रममा नेपालको पुनः निर्माण र पुनः स्थापना सम्बन्धमा नेपालको हाल सम्मको प्रगति अवस्था र पुनः निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ ।
राष्ट्र सङ्घ, युरोपेली सङ्घ र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरिया लगायतका देशका विभिन्न संस्थाको प्रस्तुति रहने कार्यक्रम छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय