काठमाडौँ, ३१ भदौ – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद योगेश भट्टराईले नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाल र चीन बीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने चर्चा गर्दै यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
सांसद दिव्यमणि राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय सामाजकल्याण परिषद् कार्यालयमा सार्न नहुने धारणा व्यक्त गर्नुभयो भने सांसद चन्दा चौधरीले महिला र बलात्कार हिंसाका घटना वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै ऐन र नियम संशोधन गरी बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गर्नुभयो । सांसद दुर्गा पौडेललले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिटो सार्वजानिक गर्न र सांसद प्रदीप यादवले निजगढ विमानस्थलको निर्माण छिट्टो शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउन माग गर्नुभयो । सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गर्नुभयो । सांसद मैनाकुमारी भण्डारीले हालैको वर्षात्को बाढी र पहिरोले बागलुङ जिल्लाका विभिन्न स्थानामा क्षति पुगेकाले तत्काल जोखिममा रहेका बस्ती सार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
शून्य समयमा निर्मलाको हत्यारा सार्वजानिक गर्न माग
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न सरकारसित माग गरेका छन् ।
सांसदहरुले लमजुङ जिल्लाको उत्तरी भेगमा भदौ २७ गते गएको पहिरोमा परी मृत्य भएका परिवारलाई राहतको व्यवस्था मिलाउन, सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयलाई स्तरोन्नति गर्न र नेपाली बैँकमा रहेको रु आठ करोड भारतीय नोट सटही व्यवस्था मिलाउन सदन मार्फत् सरकारको ध्यानाकर्षण गराए । साथै नुवाकोटको दुप्चेश्वरमा भदौ २७ गते गएको पहिरोमा परी ११ घरमा क्षति पुगेकाले ती घरपरिवारलाई राहत व्यवस्था मिलाउन, दैलेख जिल्लामा दरबन्दीअनुसार चिकित्सा व्यवस्था मिलाउन पनि सांसदहरुले माग गरे ।
शून्य समयमा बोल्ने सांसदहरुमा टेकबहादुर बस्नेत, तेजुलाल चौधरी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद गुरुङ, नविताकुमारी चौधरी, नवराज सिलवाल, नारायणप्रसाद खतिवडा, पवित्रा निरौला खरेल, पार्वत गुरुङ, पार्वतीकुर्मी विसङ्खे, पुष्पा भुषाल, प्रभु साह, प्रमिला राई र प्रेमप्रसाद तुलाचन थिए ।
राष्ट्रियसभामा चार विधेयक प्रस्तुत
राष्ट्रियसभाको आजको बैठकमा मौलिक हकसम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?