
नेपाल–चीन पारबहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन काठमाडौँमा बुधबार शुरु भएको तेस्रो बैठकमा दुवै देशका अधिकारीहरु । तस्वीर प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० भदौ – नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा शुरु भएको छ ।
प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति प्रदान गर्ने सङ्केत गरेको छ । यातायातसम्बन्धी अन्य प्राविधिक विषयमा सहमति जुटाउन छलफल जारी छ ।”
उक्त बैठकमा नेपालका तर्फबाट सहसचिव सैजुको नेतृत्वमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको सहभागिता छ भने चीनका तर्फबाट यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागका महानिर्देशक वाङ सिपिङको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । दोस्रो परामर्श बैठक गत असार २६ र २७ गते बेइजिङमा बसेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता