काठमाडौँ, १९ भदौ – गोरखाको लाप्राकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाइरहेको एकीकृत नमूना बस्ती छिटो पुनः निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।
लाप्राक बस्ती पुनः निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव हुने आयआर्जन कार्यक्रमबारे राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सङ्घका केन्द्रीय पदाधिकारीसँग छलफल गर्नुभयो ।
लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने भएकाले पुनः निर्माण शीघ्र सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । बाँकी कामको निश्चित समयसीमा निर्माण गरी काम गर्न र त्यहाँ आयआर्जनको पनि योजना बनाउन प्राधिकरणले सुझाव दिएको छ । “प्राधिकरणले पुनः निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएको छ, लाप्राकको एकीकृत बस्ती पुनः निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुसरणयोग्य हुनेछ”, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।
पुनः निर्माणको काम छिटो सक्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोग गरिने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा सङ्घका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानी गर्न बाटोको समस्या तथा विकटता हुँदाहुँदै पनि लाप्राक पुनः निर्माण शीघ्र सम्पन्न गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दै भौतिक पुनः निर्माण सकिएपछि घरबास (होमस्टे) सहितका पर्यटन प्रवर्धन, कृषि तथा पशु विकासका कार्यक्रम लैजाने योजना बनाइएको जानकारी दिनुभयो ।
छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा चन्द्रबहादुर श्रेष्ठ, सङ्घका महासचिव डा बद्री केसी, लाप्राक बस्ती पुनः निर्माण परियोजना निर्देशक सुभाष अधिकारीलगायतको सहभागिता थियो । लाप्राकमा सङ्घले भूकम्प प्रभावितका लागि ५७३ घर निर्माण गरिरहेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा