
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा बिहीबार संयुक्त भेटवार्तापछि सामूहिक तस्बिर लिनुहुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष-सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोज आयोजना गर्नुभएको छ ।
नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखका श्रीमान्÷श्रीमती सहभागी हुनुहुन्थ्यो । बिम्स्टेकका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष-सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराउनुभएको थियो ।
रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता