काठमाडौँ, ९ भदौ – दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् ।
प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही समय पर सर्ने देखिएको छ ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले केही दिन पहिले सुरुङ निर्माणको काम सम्पन्न गरेको छ । विद्युत् गृहलगायत निर्माणको काम जारी रहेको छ । यस्तै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन पनि निर्माण सम्पन्न हुने चरणमा रहेको जनाएको छ ।
सरकारी स्वामित्व र निजी लगानीका अधिकांश आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको प्राधिकरणलाई जानकारी गराएको उक्त विवरणमा उल्लेख छ । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए यसै वर्ष सम्पन्न हुने आयोजनाका रुपमा रहेका छन् । प्राधिकरणका अनुसार आगामी आवको अन्त्यसम्म नेपालको कूल जडित क्षमता दुई हजार २७४ मेगावाट बराबर पुग्नेछ ।
प्राधिकरणले नै प्रक्षेपण गरेको तथ्याङ्कका आधारमा वार्षिक १० प्रतिशत मात्रै विद्युत्को माग बढेको खण्डमा पनि एक हजार ७५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् माग पुग्नेछ । तर नेपालका अधिकांश आयोजना नदी प्रवाही भएका कारण वर्षामा बढी विद्युत् उत्पादन हुने र हिउँदमा कममात्रै विद्युत् उत्पादन हुने भएकाले हिउँदमा भने विद्युत् व्यवस्थापन गर्न अझै केही समस्या पर्ने देखिन्छ ।
सरकारले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट र आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्माणमा रहेका र सम्पन्न हुने चरणमा रहेका आयोजनाको हिसाबमा हेर्दा सरकारको लक्ष्य सहजै पूरा हुने देखिन्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्माणाधीन आयोजनालाई समयमै सक्न मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको र कुनै पनि समस्या हुने नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमितरुपमा आयोजनाको अनुगमन तथा अनावश्यक सहजीकरण गरिरहनुभएको छ । “हामीलाई उपलब्ध गराइएको विवरणअनुसार नै काम भएको खण्डमा सरकारको लक्ष्य सहजै पूरा गर्न सकिन्छ” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
सोही अवधिमा वार्षिक १० प्रतिशतका आधारमा विद्युत् माग एक हजार ७५० मेगावाट पुग्ने प्रक्षेपण छ । देशमा विद्युत् माग बर्खामा कम र हिउँदमा बढी हुने गरेको छ भने उत्पादन ठीक उल्टो छ । निर्माणाधीन र अब निर्माणमा जाने आयोजनाबाट अबको पाँच वर्षमा कूल जडित क्षमता करीब चार हजार ५०० मेगावाट पुग्ने अनुमान छ ।
यस्तै, माग वार्षिक १० प्रतिशतका दरले दुई हजार ५६० मेगावाट पुग्ने देखिन्छ । सरकारले आगामी पाँच वर्षभित्र देशका सबै क्षेत्रमा विद्युत्को पहुँच पुरयाउने वाचा गरेको छ । यसका लागि बायोग्यास, सोलार, हावालगायत स्रोतको पनि उपयोगलाई प्राथमिकता दिइएको छ । यसका साथै फोहरबाट समेत विद्युत् उत्पादन शुरु भएको छ ।
वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना
प्राधिकरणका अनुसार वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता एक हजार ६५८ मेगावाट रहेको छ । ती आयोजना पनि समयमै वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने पर्खाईमा छन् ।
प्राधिकरणले दुई साना जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता रद्द गरेको छ । त्यसमा नारायणी शङ्कर बायोमास र तामे खोलाको सम्झौता रद्द गरेको हो । यस्तै बीमामा बदमासी भएको पाइएकाले ३० मेगावाट क्षमताका १० आयोजनालाई सचेत गराएको छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण