काठमाडौँ, ३१ साउन – वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ ।
वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो ।
“यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय र व्यवसायीसँग मन्त्रालयले छलफल अगाडि बढाइरहेको छ”, दाहालले भन्नुभयो ।
उहाँले एक महिनाभित्रै अनलाइन प्रणाली शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ भन्दै कसरी जाने भन्ने कुरा टुङ्गो लागि नसकेकाले अनलाइन सञ्चालनमा ढिलाइ भइरहेको बताउनुभयो ।
यो प्रणालीको विकास भइसकेपछि नेपाली कामदार विदेश जाँदादेखि आउँदासम्मको सम्पूर्ण विवरण अनलाइनमा स्वतःरहनेछ । वैदेशिक रोजगारीमा जानेको विवरण मन्त्रालयसँग भए पनि फर्कने कति छन्, त्यसको वास्तविक विवरण मन्त्रालयसँग छैन ।
नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमा फर्किसकेपछि कुन अवस्थामा छन्, उनीहरुको व्यवस्थित तथ्याङ्क संकलन गर्न अनलाइन प्रणालीको विकास गर्न लागेको हो । श्रम कार्यालयसँग अनलाइन प्रणाली नहुँदा वैदेशिक रोजगारीबाट फर्किसकेपछि फेरि जाने श्रमिकको तथ्याङ्क दोहोरिने गरेको छ । जसले तथ्याङ्कमा समेत दोहोरोपनाको अवस्था देखिएको छ । अनलाइन प्रणाली शुरु भइसकेपछि तथ्याङ्क संकलनमा सुधार आउने विश्वास लिएको छ ।
विदेशमा मजदुरी गर्ने सम्पूर्ण कामदारको नामथर, ठेगाना, राहदानी नम्बरलगायत विदेशमा गरेको काम, उसको अनुभवलगायत सम्पूर्ण जानकारी राख्न अनलाइन प्रणालीको थालनी गर्न लागिएको मन्त्री गोकर्णराज विष्टले बताउँदै आउनुभएको छ ।
वैदेशिक रोजगारीबाट फर्किसकेपछि श्रमिकसँग तपाईले कुन सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ लगायतका कुरा विमानस्थलमा नै सोधिने छ । जसबाट स्वदेशमा नै उनीहरुलाई रोजगारी दिन सहजता आउनेछ । श्रमिकको अनुभवका आधारमा उसलाई स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न अनलाइनमार्फत थप सहजता आउने मन्त्रालयको विश्वास छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश