काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा मंगलबार शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिइन् । “सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हर्षित छौँ”, राष्ट्रपति भण्डारीले भनिन् ।
राष्ट्रपति भण्डारीले जीवनको कुनै पर्वाह नगरी राष्ट्र र नेपाली झण्डालाई उच्च राख्न गरेको क्रिकेट खेलाडीको प्रयत्नले विश्वमा नेपालको नाम चम्किदै गएको उल्लेख गर्दै खेलाडीको इमान्दारीले राष्ट्रको इज्जत र गौरव उच्च हुने हुँदा त्यसतर्फ लगनशील भई अगाडि बढ्न आग्रह गरिन् ।
सन् २०१८ अगष्टमा जिम्वावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिता (आइसिसी)मा नेपाली क्रिकेट टोलीलाई एकदिवसीय मान्यता प्राप्त भएको थियो । सो छनोट प्रतियोगितामा एक दिवसीय खेलमा नेदरल्याण्ड्ससँग एक खेल जीतसँगै बराबरी गरी क्रिकेट टोली नेपाल फर्किसकेको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा