काठमाडौँ-नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार आयोजित साक्षात्कारमा उनले नेपालको गण्डकदेखि भारतको गङ्गासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य हुन सक्ने बताए ।
भारतीय राजदूतका अनुसार काठमाडौँमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्नेछन् ।
सो अवसरमा एकीकृत राप्रपा(राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भारत स्वतन्त्र भएको ठीक ७० वर्षको अवधिमा आर्थिक विकासमा ठूलो प्रगति गरेको बताए । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको बताउँदै नेपालको पूर्वाधार निर्माण र उत्पादनसहित आर्थिक विकासमा भारतले सहयोग बढाउने विश्वास व्यक्त गरे ।
नेकपाका नेता डा राजन भट्टराईले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउँदै दुई मुलुकबीचको हवाई क्षेत्रको विस्तार र सीमा क्षेत्रमा डुबानको समस्या न्यूनीकरणका लागि भारतसँग सहकार्य भइरहेको उल्लेख गरे ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महात्मा गान्धीको जगमा भारत उन्नतिको शिखरमा रहेको बताए । उनले नेपालमा रेलको विकासका लागि नेपाल आफैं लगानी गर्न असमर्थ रहेकाले भारत र चीन दुवैको अनुदानमा रेल सञ्चालन हुनुपर्ने औँल्याए । डा महतले भारतसँगको सम्बन्धलाई कुनै पनि राजनीतिक दलले सत्तामा रहँदा तथा विपक्षमा रहँदा फरक फरक विचार राखी खेलाँची गर्न नहुनेमा जोड दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ