काठमाडौँ-नयाँ संविधान (नेपालको संविधान २०७२) को मूलतत्व र यसको कार्यान्वयन सम्बन्धमा छलफल तथा विश्लेषण गर्ने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।
काठमाडौँ विश्व विद्यालय, स्कुल अफ ल र दक्षिण एशिया गुठीले संयुक्त रुपमा यही साउन २६ देखि २८ सम्म सम्मेलन गर्न लागेको सम्मेलन आयोजकले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संविधानविद्, अधिवक्ता, राजनीतिज्ञ, समाजशास्त्री तथा वर्तमान सांसद एवं प्रथम र द्वितीय संविधानसभाका सभासदहरूको सहभागिता हुनेछ । सात प्रदेशबाट यस विषयका जानकार, विज्ञ तथा राजनीतिज्ञको पनि सहभागिता हुने सचिवालयका यज्ञ थापाले जानकारी दिए ।
सोल्टि होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको उपनेता एवं पूर्व सभामुख सुभाष नेम्वाङ, बङ्गला देशका संविधान निर्माणकर्ता वरिष्ठ संविधानविद् कमाल हुसैनलगायतले वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
आमन्त्रित सहभागीमध्ये करीब ३० अन्तर्राष्ट्रिय र ६० राष्ट्रिय न्यायशास्त्रका ज्ञाता तथा विद्वान र संविधानविद्हरूको उपस्थिति रहनेछ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजू श्रेष्ठले सम्मेलनबाट नयाँ संविधानको मूलभाव बुझ्न र यसको कार्यान्वयन र सूचित अभ्यासलाई मद्दत मिल्ने बताए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता