काठमाडौँ, २३ साउन – सरकारले नयाँ संविधान र त्यसका प्रावधानअनुरुप सम्पन्न निर्वाचनबाट सुविधाजनक बहुमतको स्थिर सरकार गठन भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय वित्त संस्था र वासिङ्टन डिसीस्थित नेपाली दूतावासले मङ्गलबार संयुक्तरुपमा आयोजना गरेको लगानीकर्ताको सम्मेलनमा नेपालको संविधान र कानूनले समेत लगानीकर्ताको निजी सम्पत्ति संरक्षणको सुनिश्चितता गरेकाले नेपालमा उपलब्ध अवसरको फाइदा लिन लगानीकर्तालाई सरकारले आह्वान गरेको हो ।
अन्तर्राष्ट्रिय लगानीकर्तामाझ अर्थमन्त्री युवराज खतिवडाले विदेशी लगानी, कर तथा श्रम कानून लगानीमैत्री रहेका र लगानी बोर्डमार्फत एकल बिन्दुबाट सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
नेपाली दूतावासका अनुसार मन्त्री खतिवडाले नेपालको ‘कर्पोरेट’ करको दर प्रतिस्पर्धात्मक रहेकाले उच्च प्रतिफल प्राप्त हुने, ऊर्जा, यातायात, पूर्वाधार तथा पर्यटन व्यवसाय र पर्यटन पूर्वाधारका क्षेत्रमा अझ बढी प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
विश्व बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले लगानीका निम्ति नेपालमा अभूतपूर्व अवसर रहेका भन्दै आश्वस्त भएर पूँजी परिचालन गर्न आह्वान गर्नुभयो ।
यसैबीच मन्त्री खतिवडाले नेपालको विकास साझेदारी खाकासम्बन्धी विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकमा नेपालका विकासका चुनौती र अवसरबारे जानकारी दिँदै आगामी पाँच वर्षका लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभयो ।
भोलिसम्म चल्ने उक्त बैठकमा अर्थमन्त्रीले नेपाललाई सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न थप सहायता आवश्यक परेको वास्तविकता प्रस्तुत गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धता दोहोरयाउनुभएको नेपाली दूतावासले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता