काठमाडौँ, २३ साउन – सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।
नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई प्रदान गर्न स्वीकृति दिएको हो ।
बैठकमा नेपालका आवश्यकता तथा पाँच वर्षे साझेदारी ढाँचा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनतालाई सुशासन, न्याय, सुरक्षा, आधाभूत सेवा प्रवाह गर्न तथा संघीयतातर्फको नेपालको यात्रालाई सघाउन साझेदारी रणनीति उपयोगी हुने बताउनुभएको विश्व बैंकले जनाएको छ ।
उक्त बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले निकट भविष्यमा प्राप्त हुने उक्त ऋण सहायताबाट नेपालको गरिबी घटाउन, रोजगारीका अवसर सिर्जना गर्न तथा समावेशी विकासमा भरथेग गर्न मद्दत पुग्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता