काठमाडौँ-संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्ने भएकाले वरिष्ठत्म न्यायाधीश मिश्रले आइतबारदेखि पेशी तोक्ने तयारी गरेका हुन् । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आइतबारदेखि वरिष्ठतम न्यायाधीश मिश्रले पेशी तोक्नेछन् ।
यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । उनले शनिबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका छन् ।
‘उरमाल’लाई मदन पुरस्कार, प्रेमदेवलाई जगदम्बा श्री प्रदान गरिने
अष्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खला : नेपाल पाकिस्तान शाहीन्ससँग पराजित
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ
नेपालकी पूर्वसभामुख ओनसरी घर्तीमगर बेलायत आउनुहुने
लिपुलेकका सम्बन्धमा दलहरुको एकै स्वरः नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई मगर संघ यूकेको सम्मान
बेलायतमा हुने १६ औं नेपाली मेलाको तयारी पूरा : तमुधीं यूके
सहकारी ठगी आरोपित रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागारमा सारियो