
काठमाडौँ, १४ साउन – शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन पहल गर्ने बताउनुभयो ।
मन्त्री राईले नवनियुक्त राजदूतका रुपमा नेपाल आएकोमा बधाई दिदैं उहाँको कार्यकालमा मन्त्रालयसँग सम्बन्धित काममा जापानको सहयोग बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
“जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा पुरयाएको योगदानको नेपाल सरकारले उच्च मूल्यांकन गरेको छ, कुलेखानी जलविद्युत् आयोजना र बिपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुरयाएको विकास योगदान आफैँमा विशिष्ट रहेको छ”, उहाँले भन्नुभयो ।
मन्त्री राईले काठमाडौँ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानी सहयोगको नेपालले उच्च मूल्यांकन गरेको बताउनुभयो ।
राजदूत साइगोले नेपालको पूर्वाधार विकास र भूकम्पपछिको पुनःनिर्माणमा जापानले इमान्दारीपूर्वक सहयोग गरेको बताउँदै मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनःनिर्माण र पूर्वाधार विकासमा थप सहयोग बिस्तार गर्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय