काठमाडौँ-चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको हो ।
मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि आचार्यका अनुसार सो अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षातबाट सात, लेक लाग्नुबाट १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३०९ पुरुष र १४६ महिला छन् ।
यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनाका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै तीन हजार ७७५ घर प्रभावित र २०१ गोठमा क्षति पुगेको छ । यस वर्ष विपद्बाट मात्र मुलुकमा रु एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष विपद्मा परी देशभर ५९७ जनाको ज्यान गएको थियो जसमा ३५७ पुरुष र २४० महिला थिए ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय