काठमाडौँ-वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै सोमबार वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ ।
सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको हो ।
विभागले उक्त मेनपावर कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको विभागका निर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।
उक्त मेनपावर कम्पनीबाट मंगलबार मात्रै ३५ जना नेपाली वैदेशिक रोजगारीका लागि कुवेत जाँदै थिए । विभागले मेनपावर कम्पनीमा छापा मारेपनि उनीहरु तोकिएको शुल्क बुझाएर रोजगारीका लागि कुवेत जाने बताइएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता