लन्डन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले क्रिकेट खेल्ने मुलुकहरुलाई सघाउन पुन शुरु गर्न लागेको अभियान नेपालबाट थाल्ने घोषणा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसीले लिगेसी टुर नाम दिइएको उक्त अभियान नेपालबाट गर्न लागेको जनाएको हो ।
‘नेपालमा क्रिकेट खेल विकासको अपार सम्भावना छ तर त्यहां पूर्वाधार सिमित छन् । त्यसैले एमसीसी फाउण्डेसनको माध्यमबाट सहयोग संकलन गरि नेपालको क्रिकेट खेलको विकासमा हामीले सघाउने छौं’, विज्ञप्तिमा उल्लेख छ ।
एमसीसी फाउण्डेशनका निर्देशक अबी कार्टरले फाउण्डेशनले उसका सदस्य र शुभेच्छुकहरुलाई क्रिकेटबाट हुने लाभ सबै नेपाली जनतासंग पुरयाउन प्रोत्साहित गर्ने बताए ।
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालमा क्रिकेट खेलप्रति निकै उत्साह भएको र एमसीसीको यस्तो सहयोगबाट नयां पुस्ताका नेपाली खेलाडीहरुलाई प्रोत्साहित तथा पूर्वाधार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एमसीसी भूकम्पपछि सन् २०१५ मा नेपाल गएको थियो भने उसको निमन्त्रणामा नेपालले विश्वविख्यात लर्डसमा दुई पटक क्रिकेट खेल खेलिसकेको छ । आइतबार नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा टी टवान्टी त्रिकोणात्मक खेल सम्पन्न भएको थियो । लर्डसमा खेल्न पाउनुलाई कप्तान खड्काले ठूलो अवसरका रुपमा लिएका छन् ।
एमसीसी र नेपाली क्रिकेट टिमबीचको सम्वन्ध सन् २०१३ देखि प्रगाढ बन्दै गएको हो । सन् २०१५ मार्चमा पारस खड्काले एमसीसीमा आवद्ध भएर दुबइमा खेलेका थिए ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा