काठमाडौँ-सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिए ।
सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट गरे ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार