काठमाडौँ-कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली छात्राले सर्टिफिकेटका लागि अस्मिता बेच्नुपर्ने बाध्यता रहेको टिप्पणी एक सार्वजनिक कार्यक्रममा गरेपछि उनको चर्को अालोचना भएको थियो । त्यही कारण उनीमाथि राजीनामा दिन अान्तरिक र बाह्य रूपमा ठूलो दबाब सिर्जना भएको थियो ।
आफ्नो चार महिने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।
राजीनामा गर्ने जानकारी दिन अायोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले अाफूले सधै नारी अधिकारका लागि लडेको बताए । उनले नारीलाई अाफूले सदैव सम्मान गर्ने बताए ।
उनी लेखिएको विज्ञप्ती पढ्ने बेलामा चार पटक रोएका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा