काठमाडौँ-पोर्चुगलका विदेशमन्त्री अगष्टो सान्टोस सिल्भाको निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पोर्चुगलको औपचारिक भ्रमणमा सोमबार राति लिस्बनतर्फ प्रस्थान गरेका छन् ।
उनले आफ्ना पोर्चुगी समकक्षीसँग पर्सि बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिवसीय लिस्बन बसाइपछि उनले बेल्जियम र लग्जेम्बर्गको भ्रमण गर्नेछन् । बेल्जियमका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री डिडाएर रेयान्डर्ससँग उनले साउन १० गते ब्रसेल्समा नेपाल–बेल्जियम सम्बन्धका विविध विषयमा विचारविमर्श गर्नेछन् ।
सोही दिन उनले ब्रसेल्सस्थित नेपाली दूतावास र एशियाली अध्ययनका निम्ति युरोपेली प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपालका प्रमुख राष्ट्रिय एजेण्डा – राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट दिगोपना प्रदान’ विषयमा प्रवचन दिनेछन् ।
साउन १२ गते ज्ञवाली विभिन्न युरोपेली मुलुकमा रहेका नेपाली राजदूतहरुको ब्रसेलमा आयोजना हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नेछन् भने १३ गते लग्जेम्बर्गमा गैरआवासीय नेपाली संगठनको ११ औँ युरोपेली क्षेत्रीय बैठकको उद्घाटन समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले साउन १४ गते लग्जेम्बर्गका मानवीय मामिला तथा विकास सहायता मन्त्री रोमिन सेन्डेरसँग भेटवार्ता गरेर साउन १६ गते स्वदेश फर्कनेछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा