काठमाडौँ-संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ ।
समितिको सोमबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका तय भएको जानकारी दिए । जोशीविरुद्ध पाँचवटा उजुरी परेको छ ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश माथि परेको उजुरीको छानबिन गर्ने गरी आवश्यक तयारी गरेको छ । संघीय संसद् सचिवालयले एक सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो ।
त्यसको म्याद आइतबार सकिएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता