काठमाडौँ- सरकारी वार्ता टोली र आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहे पनि डा केसी पक्षको अडानका कारण औपचारिक वार्ता हुन सकेको छैन ।
प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए ।
“हामीले उहाँहरुलाई निःशर्त वार्तामा आउन औपचारिक आग्रह गरेका छौँ तर केसी पक्षबाट वार्ताका लागि ठोस पहल भएको छैन”, सचिव बरालले भने, “वार्ताबाट निकास निकाल्न सरकार तयार छ तर संसद्मा पुगेको विधेयक फिर्ताको अधिकार हामीसँग छैन ।”
यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उहाँलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
डा केसीले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज स्थापना हुन नहुने अडान राख्दै आउनुभएको छ भने सांसद र कानूनविद् एवं विज्ञहरुले यसको निरुपण सार्वभौम संसद्बाट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता