काठमाडौँ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘प्रबुद्ध व्यक्ति समूह’ (इपिजी) प्रतिवेदनको कार्यान्वयनले नेपाल र भारतबीचको सम्बन्धमा थप सुधार हुने धारणा व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले भारतसँगको सम्बन्धका बारेमा समग्र पक्षमा छलफल गरी विगतमा देखिएका कमजोरीका बारेमा आत्मसमीक्षा भएको र समीक्षापछि २१औँ शताब्दी सुहाउँदो सम्बन्धलाई अगाडि बढाउनुपर्छ भनेर समझदारी बनेको बताए । इपिजीको प्रतिवेदनले महत्वपूर्ण दिशानिर्देश दिने विश्वास उनले व्यक्त गरे ।
नेपाल र भारतबीचका सन्धिसम्झौता पुनरवलोकनका लागि सुझाव दिन गठित इपिजीले तयार गरेको प्रतिवेदन यसै महिनाको अन्त्यसम्ममा दुवै मुलुकका प्रधानमन्त्रीलाई बुझाइने तयारी रहेको जानकारी उनले दिए । मन्त्री ज्ञवालीले तराईको डुबान समस्याका बारेमा समिति बनाई अध्ययन भइरहेको जानकारी दिँदै सीमा क्षेत्रलाई नियमनको व्यवस्था गरी थप व्यवस्थित बनाइने बताए ।
उनले आन्तरिक मामिलाको विषय अब द्विपक्षीय छलफलको विषय नहुने बताउँदै भने, “राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँग मित्रता र कसैसँग वैरभाव नराख्ने नीति लिएका छौँ ।” मुलुकका आन्तरिक विषयमा मतान्तर भए पनि राष्ट्रिय हितका प्रश्नमा विभाजन हुन नहुने धारणा व्यक्त गर्दै मन्त्री ज्ञवालीले थपे, “छिमेकीसँग सौहार्द्र सम्बन्ध विस्तार, दातृ निकायसँगको सहयोगमा वृद्धि, श्रम गन्तव्य मुलुकमा श्रमिकका हकहित र संयुक्त राष्ट्र संघमा नेपालको भूमिका प्रभावकारी बनाउने नै हाम्रो विदेश नीति हो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीनको राजकीय भ्रमणले दुवै छिमेकीसँगको सम्बन्ध थप उचाइमा पुगेको बताउँदै उनले रेल र जलमार्गका सम्बन्धमा उल्लेख्य प्रगति भएको जानकारी दिए । चीनसँगको हिमालय वारपार यातायातमा बृहत् साझेदारी तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा प्रगति भएको बताउँदै उनले छिमेकीसँगको सुमधुर सम्बन्धलाई मुलुकको आर्थिक विकासमा जोड्न सरकारको कूटनीति केन्द्रित रहेको बताए ।
मन्त्री ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तीव्र तयारी गरिरहेको जानकारी दिँदै झण्डै डेढ अर्ब जनसंख्या भई आर्थिक दृष्टिले गतिशील बिम्स्टेकका सहयोगका क्षेत्रमार्फत नेपाललाई सम्पर्क सञ्जालले जोडेर विकासमा योगदान पुरयाउन सकिने धारणा व्यक्त गरे ।
अर्को प्रसङ्गमा उनले मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा विकृति रहेको स्वीकार्दै आमरण अनशनरत प्रा डा गोविन्द केसीका मागलाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिए । मन्त्री ज्ञवालीले विगतमा निजीकरणका नाममा लिइएका नीतिका कारण सो क्षेत्रमा समस्या देखिएको विचार व्यक्त गरे । “उच्च शिक्षासम्म सरकारले जिम्मा लिन सके राम्रो हुनेछ”, उनले भने ।
चिकित्सा शिक्षा विधेयकअनुसार बन्ने आयोगमार्फत यस क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले प्रा डा केसीसँग वार्ताका लागि सरकार सदैव तयार रहेको बताए । राजदूत नियुक्तिको सिफारिशका सम्बन्धमा सोधिएको सञ्चारकर्मीको जिज्ञासामा उनले उक्त सिफारिश संविधानअनुसार नै गरिएको स्पष्ट पारे ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता