
जुम्लामा अनशन बस्नुभएका प्रा डा गोविन्द केसीलाई बिहीबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याईंदै । तस्वीर- रोशन सापकोटा/रासस
काठमाडौं-चिकित्सा शिक्षा सुधारको माग लिएर २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनलाई अहिले शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । सेनाको हेलिकप्टरबाट टुडिखेलमा उत्रे लगतै उनलाई एम्बुलेन्समा राखेर शिक्षण अस्पताल लगिएको थियो । अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी वार्डमा राखिएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई ल्याउनका लागि सरकारले बिहीबार विहानै जुम्लामा नेपाली सेनाको हेलिकप्टर पठाइएको थियो । तर, केही समय डा. केसीले आफू काठमाडौं नजाने अडान लिएका थिए ।
डा. केसीलाई काठमाडौं ल्याउने कामको सहजीकरणका लागि प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली पनि जुम्ला पुगेको थियो । डा. केसीले काठमाडौं आउन नमानेपछि उनलाई जबरजस्ती काठमाडौं ल्याउने प्रयास भएपछि डा. केसीका समर्थक र प्रहरीबीच जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालभित्रै झड्प भएको थियो ।
झड्पका क्रममा एक जना प्रहरी गम्भीर घाइते भएका छन् भने अन्य केही डा. केसी समर्थकहरु पनि घाइते भएको बताइएको छ ।
जुम्लामा प्रहरी हस्तक्षेप भएर तनाव उत्पन्न भएपछि र आफ्ना समर्थकहरु कुटिएपछि डा. केसी काठमाडौं आउन तयार भएका थिए ।
सरकारले केसीसँग वार्ताका लागि टोली समेत गठन गरिसकेको छ । तर, सरकारले वार्ताका लागि केसी काठमाडौं आउनुपर्ने अडान अगाडि सारेको थियो ।
डा. केसी काठमाडौं आएसँगै अब बाँकी प्रक्रिया कसरी अगाडि बढ्छ अहिले नै भन्न सकिने अवस्था छैन् ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ