सुर्खेत-रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् ।
सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप सिस्ने–धौलापैरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार तीन महिला र चार पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका ३१ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, २२ वर्षीय किरण पुन, वडा नं १२ का २८ वर्षीया तिर्सना तुलाचन, वडा नं १४ का ३० वर्षीया छालना बर्मा, भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन विक र बाँके कोहलपुरका २२ वर्षीया ललिता परियार रहेका छन् ।
दुर्घटनामा परी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ का ५२ वर्षीय जयवीर कामी, पुथा उत्तरगंगा गाउँपालिका–११ का २५ वर्षीया प्रमिला बुढामगर, मैकोटका २७ वर्षीय धनिराम पुन र २७ वर्षीया सम्झना पुनमगर घाइते भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।
घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ । चिप्लो बाटो र इञ्जिनको खराबीका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ