धनुषा-प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । शुक्रबार अपरान्ह सवा तीन बजे मुख्यमन्त्री राउतकी आमा राधिका देवीको निधन भएको छ । उनी ७० वर्षको थिइन् ।
सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उनको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ ।
उनलाई अन्तिम संस्कारका लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र भोलि बिहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन् ।
मृतक राउतका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा लालबाबु राउत प्रदेश नं २ का मुख्यमन्त्री हुन् भने कान्छो छोरा रामबाबु राउत कृषक हुन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित