काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न निर्देशन दिइएको हो ।
मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले शुक्रबार देशभरका स्वास्थ्य संस्थाका नाममा निर्देशनात्मक पत्र जारी गरी यो समयमा बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिएका छन् ।
निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा बन्द र हड्ताल गरेमा कारबाही हुने चेतावनी दिँदै सहसचिव बुर्लाकोटीले उल्लेखित क्रियाकलाप गरेको-गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने स्पष्ट पारेका छन् ।
यता नेपाल चिकित्सक संघले भने डा केसीको जीवन रक्षाका लागि आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
यसैबीच, नेपाल चिकित्सक संघले छुट्टाछुट्टै समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र उज्ज्वल थापालगायतलाई भेट गरी जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीले संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीतिक दलका नेताहरुसमक्ष भेट गरी आन्दोलनको वास्तविकता र डा. गोविन्द केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गर्ने पनि जानकारी दिए ।
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]