
मुस्ताङमा टिप्पर दुर्घटनामा परी मृत्यु भएका दाङका पाँच जना मजदुरको शव आज नेपाली सेनाको हेलिकोप्टरबाट दाङको लमहीमा ल्याइपुरयाउँदै । तस्वीर- नारायणी रजौरे, रासस दाङ
काठमाडौँ, २३ असार – सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज एक शोक वक्तव्य जारी गरी उहाँले उक्त दुर्घटनामा परी रोल्पाका नौ जना, दाङका छ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुंगा, कपिलवस्तुका एक-एक जना गरी २० जना मजदुरको दुःखद् निधन भएको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गर्नुभएको हो ।
दुर्घटनामा परी निधन भएका मजदुरप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सभामुख महराले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गर्नुभएको छ ।
उहाँले दुर्घटनामा निधन भएका मजदुरको शव घरसम्म पुरयाउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदानमा कत्ति पनि ढिलाइ नगर्न सम्बन्धित पक्षसँग अनुरोध गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ