काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको उपचारका लागि काठमाडौँबाट चिकित्सक टोली जुम्ला पठाएको छ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रा डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै बिहीबार साँझ चिकित्सकलाई त्यसतर्फ पठाएका हुन् ।
टोलीमा डा जीवन थापा र डा सुवास सुवेदीसहितका चिकित्सक छन् । टोलीले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टोली लिएर जुम्ला पुग्ने स्वास्थ्यमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा डा केसी जुम्लामा १५ औँ अनशनमा हुन् । उनको स्वास्थ्यास्था गम्भीर भएपछि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत प्रा डा केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्किन पनि मन्त्री यादवले आग्रह गरेका छन् । चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै उनले शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भइरहेको र चाँडै सरकारले उपयुक्त निर्णय लिने जानकारी दिए ।
चिकित्सक संघद्वारा आन्दोलन
नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीले केसीका जायज मागप्रति ऐक्यबद्धता जनाउँर्दै आजदेखि देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले कालोपट्टी बाँधेर सेवा दिएको बताए ।
संघले प्रा डा केसीको स्वास्थ्यस्थिति बुझी प्रतिवेदन पेश गर्न संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलको संयोजकत्वमा सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई अनशनस्थल जुम्ला पठाउने निर्णय गरेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?