लण्डन । स्पेनमा जन्मेर नेपालमा सुस्तमनःस्थिति या बौद्धिक अपाङ्गता भएका र समाजमा उपेक्षित बालबालिकाको शिक्षादीक्षामा महत्त्वपूर्ण योगदान गर्दै आएकी चेली आइना बार्कालाई एनआरएनए युकेले सम्मान एवं सहयोग गर्ने भएको छ । ‘फेमिलिया दी हेटौँडा’ नामक संस्थामार्फ़त उनले सुस्तमनःस्थितिका बालबालिकाका निम्ति मकवानपुरको हेटौँडामा छात्रावास र विद्यालय सञ्चालन गर्दै आएकी छन् ।
बार्काले जुलाई २२ मा लण्डनमा ‘नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको अवस्था, सामाजिक उपेक्षा र शिक्षादीक्षाको उपलब्धता’ बारे प्रस्तुति दिनेछिन् । यही अवसर पारेर एनआरएनए युकेले समेत उनको महत्त्वपूर्ण मानवीय कार्यको सम्मान र सहयोग गर्न लागेको हो । गत बुधवार सम्पन्न एनआरएनए बैठकले बार्कालाई सहयोग गर्ने औपचारिक निर्णय गरेको हो ।
एनआरएनए युकेले सम्पूर्ण बेलायतवासीलाई यो मानवीय कार्यमा यथाशक्य सहयोग गर्न आग्रहसमेत गरेको छ । हाल अस्थायी टहरामा पठनपाठन हुँदै आएकोमा बन्दै गरेको स्थायी विद्यालयका निम्ति आर्थिक सहयोग जुटाउने अभियानमा बार्का लागिरहेकी छिन् ।
बौद्धिक अपाङ्गताबारे नेपालमा खास बहस र छलफल नहुने गरेको तथा त्यस्ता बालबालिकाका निम्ति अलग्गै शिक्षालय र तालीमहरूको अभाव रहेको उनी बताउँछिन् । त्यस्ता बालबालिकाले सम्मानपूर्वक जीवनयापन गर्न मुश्किल हुने गरेको उनको अनुभव छ ।
उनी स्पेनको बार्सिलोनामा विश्वविद्यालय समाजसेवा विषय अध्ययन गर्दै गर्दा ‘थेसिस’ लेख्ने क्रममा केही वर्ष अघि पहिलोपल्ट नेपाल पुगेकी थिइन् । त्यहाँ छ महिना बिताउँदासम्म नेपालप्रति उनको लगाव त बढ्यो नै, ती असहायजस्ता बालबालिकाका निम्ति केही गर्ने भावना पलायो । स्पेन फर्केर साथीभाइ र परिवारको सहयोगमा उनले सानो संस्था दर्ता गरिन् र नेपाल फर्किन् ।
हाल उनको संस्थाले ३५ जना बालबालिकालाई नियमित विद्यालयीय शिक्षा र व्यावसायिक तालिम दिइरहेको छ भने त्यसमध्ये अति विपन्न र पारिवारिक हेरचाह हुन नसक्ने ११ जनालाई भाडामा लिइएको छात्रावासमार्फत आवासीय सुविधा प्रदान गरेको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै