लण्डन । स्पेनमा जन्मेर नेपालमा सुस्तमनःस्थिति या बौद्धिक अपाङ्गता भएका र समाजमा उपेक्षित बालबालिकाको शिक्षादीक्षामा महत्त्वपूर्ण योगदान गर्दै आएकी चेली आइना बार्कालाई एनआरएनए युकेले सम्मान एवं सहयोग गर्ने भएको छ । ‘फेमिलिया दी हेटौँडा’ नामक संस्थामार्फ़त उनले सुस्तमनःस्थितिका बालबालिकाका निम्ति मकवानपुरको हेटौँडामा छात्रावास र विद्यालय सञ्चालन गर्दै आएकी छन् ।
बार्काले जुलाई २२ मा लण्डनमा ‘नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको अवस्था, सामाजिक उपेक्षा र शिक्षादीक्षाको उपलब्धता’ बारे प्रस्तुति दिनेछिन् । यही अवसर पारेर एनआरएनए युकेले समेत उनको महत्त्वपूर्ण मानवीय कार्यको सम्मान र सहयोग गर्न लागेको हो । गत बुधवार सम्पन्न एनआरएनए बैठकले बार्कालाई सहयोग गर्ने औपचारिक निर्णय गरेको हो ।
एनआरएनए युकेले सम्पूर्ण बेलायतवासीलाई यो मानवीय कार्यमा यथाशक्य सहयोग गर्न आग्रहसमेत गरेको छ । हाल अस्थायी टहरामा पठनपाठन हुँदै आएकोमा बन्दै गरेको स्थायी विद्यालयका निम्ति आर्थिक सहयोग जुटाउने अभियानमा बार्का लागिरहेकी छिन् ।
बौद्धिक अपाङ्गताबारे नेपालमा खास बहस र छलफल नहुने गरेको तथा त्यस्ता बालबालिकाका निम्ति अलग्गै शिक्षालय र तालीमहरूको अभाव रहेको उनी बताउँछिन् । त्यस्ता बालबालिकाले सम्मानपूर्वक जीवनयापन गर्न मुश्किल हुने गरेको उनको अनुभव छ ।
उनी स्पेनको बार्सिलोनामा विश्वविद्यालय समाजसेवा विषय अध्ययन गर्दै गर्दा ‘थेसिस’ लेख्ने क्रममा केही वर्ष अघि पहिलोपल्ट नेपाल पुगेकी थिइन् । त्यहाँ छ महिना बिताउँदासम्म नेपालप्रति उनको लगाव त बढ्यो नै, ती असहायजस्ता बालबालिकाका निम्ति केही गर्ने भावना पलायो । स्पेन फर्केर साथीभाइ र परिवारको सहयोगमा उनले सानो संस्था दर्ता गरिन् र नेपाल फर्किन् ।
हाल उनको संस्थाले ३५ जना बालबालिकालाई नियमित विद्यालयीय शिक्षा र व्यावसायिक तालिम दिइरहेको छ भने त्यसमध्ये अति विपन्न र पारिवारिक हेरचाह हुन नसक्ने ११ जनालाई भाडामा लिइएको छात्रावासमार्फत आवासीय सुविधा प्रदान गरेको छ ।
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ