काठमाडौँ, २१ असार – काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ ।
काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा नयाँ सडक र दरबारमार्गबाट नागरिकले पाउनेछन् । ती दुई स्थानको प्रभावकारिता हेरी अन्य स्थानमा पनि पार्किङ गरिने योजना कामपाको छ ।
कोही व्यक्ति नयाँ सडक जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सक्छन् । ढकालका अनुसार एकै समयमा पनि धेरै सवारी साधन राख्न सकिने भएकाले काठमाडौँ ठूलो समस्याका रुपमा रहेको ट्राफिक जाम कम हुने छ ।
दर्ता गरिएको सवारीको नं सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवस्था सुविधायुक्त स्मार्ट पार्किङमा हुन्छ । जुन सवारी साधनको नं दर्ता भएको छ उक्त सवारी साधनले मात्र तोकिएको समयमा उक्त स्थानमा पार्किङको सुविधा लिन पाउनेछन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित