
काठमाडौँको वीर अस्पतालमा छोराको हत्यामा संलग्नलाई कारबाहीको माग राखी अनसनमा बसेकी गंगामाया अधिकारी ।
काठमाडौँ, २१ असार – राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कारवाहीको माग गर्दै अनशनरत गंगामायाको जीवन रक्षाका लागि अविलम्ब आवश्यक पहल गर्न सरकार र न्यायसम्बद्ध सबै पक्षलाई विशेष आग्रह गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्याय प्राप्तिजस्तो आधारभूत अधिकार प्राप्तिका लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर एवं जटिल बन्दै गएको अवस्थाप्रति ध्यानमा राख्न तत्काल आवश्यक पहल गर्न भनिएको छ ।
कृष्णप्रसादको हत्या सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको कार्यान्वयन गर्न आयोगले सरकारलाई पत्राचार एवं सिफारिश गर्नाका साथै सरकारका जिम्मेवार पदाधिकारीसँग पटक पटक छलफल गरी ध्यानाकर्षण गराउँदा समेत यस्तो संवेदनशील विषय कार्यान्वयनको प्राथमिकतामा नपर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ