काठमाडौँ । गैर आवासीय नेपालीको लगानीमा कास्कीको पर्यटकीय क्षेत्र रुपाकोटमा सुविधासम्पन्न रिसोर्ट खुलेको छ ।
बेल्जियममा २० बर्षदेखि व्यवसाय गरिरहेका पुष्प अधिकारीको ३० करोड रुपैयाँ लगानीमा खुलेको रुपाकोट रिसोर्टको गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले र बेल्जियम टिलविङ नगरका मेयर रुडी बेइकनले शुक्रबार संयुक्तरुपमा उद्घाटन गरे ।
रिसोर्टको उद्घाटन गर्दै अध्यक्ष घलेले नेपालको आर्थिक वृद्धिका लागि पर्यटन लगायतका दीर्घकालिन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरे । ‘होटल क्षेत्रमा लगानी गर्दा नेपालको अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्छ’ अध्यक्ष घलेले भने – ‘आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्न पाउनु हामी एनआरएनहरुका लागि गौरवको कुरा हो ।’
बेल्जियमको टिल विङ नगरका मेयर बेइकनले युरोपेली पर्यटकहरु हिमाल हेर्न नेपाल आउने भन्दै रुपाकोट रिसोर्टले युरोपेली पर्यटकलाई आककर्षित गर्ने बताए । ‘पुष्पलाई बेल्जियममा नपुग्दो केही थिएन तर, उनी जोखिम मोलेर आफ्नै गाउँमा रिसोर्ट खोल्न फर्किए, यसले नेपालमा आर्थिक सम्बृद्धिका लागि बाटो खोल्नेछ’- उनले भने ।
रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारीले आफुले १५ बर्षदेखि देखेको सपना पूरा भएको बताए । रुपाकोट रिसोर्टले प्रकृति, सुबिधा र सम्पदाको संयोजनसहित पर्यटकलाई स्वागत गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।
दृश्यहरुको ‘ब्रान्डिङ’ गरेर ग्राहकलाई आकर्षित गर्ने योजनाका साथ रिसोर्टमा लगानी गरेको अधिकारीले जानकारी दिए ।
२ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा परम्परागत शैलीका आठ वटा भवन छन् । जहाँ ८४ जना ग्राहक बस्न सक्ने ४२ वटा वातानुकुलित कोठा छन् ।
रिसोर्ट निर्माणमा नेपाली मौलिक शैलीलाई पनि पछ्याइएकोले गर्दा गाउँको घरमै गएर बसेजस्तो अनुभूति हुन्छ ।
रिसोर्टको भान्सामा पाक्ने खाद्य वस्तु ९० प्रतिशत अर्गानिक हुने अधिकारीले बताए । रिसोर्टले स्थानीय किसानलाई अर्गानिक खेतीमा प्रोत्साहन गर्न सिँचाइका लागि समेत सहयोग गरेको छ ।

पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने