काठमाडौँ-सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरेका छन् । सिंहदरबारस्थित आफ्नै सचिवालयमा संवाददाताहरूसँग बिहीबार कुराकानी गर्दै उनले एक साताभित्र संसदीय समितिले पूर्णता पाउने र शुक्रबारको बैठकमा केही समितिको गठन हुने सम्भावना रहेकोसमेत जानकारी दिए ।
राजनीतिक दलले संसदीय समितिमा रहने सदस्यको नाम नपठाएकै कारण समिति गठन हुन सकेको छैन । सभामुख महराले संविधान कार्यान्वयनका क्रममा आगामी असोज २ गतेभित्र धेरै ऐन जारी भइसक्नुपर्ने भएकाले सरकारलाई कानूनका विधेयक संसद्मा पठाउन पनि आग्रह गरे ।
नयाँ संविधान जारी भई लागू भएपछि पुराना कानूनको संशोधन तथा नयाँ कानून गरी संसद्मा १०० विधेयक आउनुपर्ने हुन्छ । कानून पारित गर्नुपर्ने समयावधि अत्यन्त कम भएकाले सभामुख महराले सरकारलाई सो आग्रह गरेका हुन् ।
सदनमा आफूले सत्ता पक्ष र प्रतिपक्ष दुवैका आवाजलाई समान महत्व दिने भन्दै उहाँले निर्णायक अवस्था आउँदा बहुमतकै सहारा लिनुपर्ने अवस्था रहेको स्पष्ट पारे । संसदीय समिति गठन हुँदा चार ठूला दलबाहेकका साना दललाई पनि कुनै न कुनै समितिमा समावेश गराउन आफूले पहल गर्ने सभामुख महरा बताए ।
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता