इटहरी-पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा अरु तीनजना भाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
गएराति कोशी ब्यारेजबाट सुनसरी सदरमुकाम इनरुवातिर आइरहेको उक्त भारतीय गाडी सडकबाट पानीमा खस्दा ती यात्रुको मृत्यु भएको हो ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारत विहार राज्यको सुपौल जिल्ला लक्ष्मनिया गाउँका ६० वर्षीया ललितादेवी राम, ३६ वर्षीय सुरेन्द्र राम, ३० वर्षीय धीरेन्द्रकुमार, सात वर्षीय गुनुकुमार, ४१ वर्षीय सञ्जिवकुमार र ३० वर्षीया कञ्चनकुमारी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नीलुदेवी पोद्दार, आदिकुमार र ललन कुमारको विराटनगरस्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा