इटहरी-पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय बिआर ०६ पीवी ६४१८ नं को बलेरो जिप दुर्घटना हुँदा छ भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा अरु तीनजना भाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
गएराति कोशी ब्यारेजबाट सुनसरी सदरमुकाम इनरुवातिर आइरहेको उक्त भारतीय गाडी सडकबाट पानीमा खस्दा ती यात्रुको मृत्यु भएको हो ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारत विहार राज्यको सुपौल जिल्ला लक्ष्मनिया गाउँका ६० वर्षीया ललितादेवी राम, ३६ वर्षीय सुरेन्द्र राम, ३० वर्षीय धीरेन्द्रकुमार, सात वर्षीय गुनुकुमार, ४१ वर्षीय सञ्जिवकुमार र ३० वर्षीया कञ्चनकुमारी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नीलुदेवी पोद्दार, आदिकुमार र ललन कुमारको विराटनगरस्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ