काठमाडौँ, १७ असार – पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्किनुभएको छ ।
यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गर्नुभएका अध्यक्ष दाहाल पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्कनु भएको हो । ‘वाटर थेरापी’ र चिकित्सकको सुझावअनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।
चिकित्सकको सुझावअनुसार सीताको थप उपचारका लागि उहाँ सिंगापुर जानुभएको हो । चिकित्सकले सिंगापुरको एमटी एलिजाबेथ अस्पतालमा सीताको उपचार गराउन सुझाव दिएका थिए ।
अध्यक्ष दाहाललाई स्वागत गर्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेत्री पम्फा भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ