काठमाडौँ-सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । शनिबार दिउँसो १४.३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो ।
नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो ।
ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको बताए ।
दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । जनसम्पर्क अधिकृत अधिकारीले चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गरेको थियो । अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी दुर्घटनाका बारेमा जानकारी समेत दिएको छ ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले अवतरणको क्रममा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । उनले दुर्घटनामा हेलिकोप्टरको पखेटामा क्षति पुगेको भए पनि अन्य कुनै मानवीय क्षति भने नभएको बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा