काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एक भएसँगै विद्यार्थी संगठनको पनि एकता प्रक्रिया शुरु भएको छ । पार्टीकै निर्देशनअनुसार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता प्रक्रिया शुरु भएको छ ।
दुवै संगठनको संयुक्त सचिवालय बैठक बसी एकता प्रक्रिया शुरु गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए । उनका अनुसार एकता प्रक्रियालाई निष्कर्षमा पुरयाउनका लागि बैठकले विधान, राजनीतिक तथा शैक्षिक दस्तावेज र संगठन समायोजन मस्यौदा तयार गर्ने सहमति गरेको छ । तीन मस्यौदा तयार गर्नका लागि चाँडै जिम्मेवारीसमेत तोकिने भएको छ । दुई संगठनबीच एकता प्रक्रियाको शुरुआत क्याम्पस कमिटीबाट समेत गर्ने निर्णय भएको छ ।
यसैगरी एकता नटुङ्गिँदासम्मका लागि अबदेखि विद्यार्थीको कार्यक्रम गर्दा दुई वटै संगठनको संयुक्त तुलमा गर्ने समेत सहमति भएको सचिव लामिछानेले बताए । बैठकमा एकता कार्यदलमा रहेका अखिलका इन्जार्ज तथा संस्कृति, पर्यटन, नागरिकमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अखिलका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ सहभागी रहेका थिए ।
दुई पार्टी एकीकरणपछि पार्टीका भ्रातृ संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने योजना छ । भ्रातृ संगठनको एकताका लागि ती संगठनका दुवै इञ्चार्ज र दुई अध्यक्षको कार्यदल बनाइएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा