
१५ औं राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ९ पातलगंगा सुर्खेतमा रोपाइँ महोत्सवमा धान रोप्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, कृषिमन्त्री विमला केसी तथा प्रदेशसभा सदस्यहरु । तस्बिर – शुरबहादुर सिंह,रासस
रत्ननगर, चितवन, १५ असार – राम्ररी वर्षा नहुँदा मध्यअसार लाग्दासमेत चितवनमा पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन ।
सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यसवर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिनुभयो । यतिखेर किसान आकाशको पानी पर्खिएर बसेका छन् ।
अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइँ भएको चितवनमा यसवर्ष त्यसको आधामात्रै रोपाइँ भएको हो । किसानले कतिपय ठाउँमा रोपाइँका लागि खेत ठिक्क बनाएर राखे पनि वर्षाको अभावमा धान रोप्न सकिएको छैन् ।
यद्यपि चितवनको पूर्वी भेगमा अलि बढी रोपाइँ भएको छ । पश्चिम र पहाडी भेगमा रोपाइँ हुन सकेको छैन । सो क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले रोपाइँ हुन नसकिएको हो । कृषि कार्यालयले दिएको जानकारीअनुसार चितवनको इच्छाकामना गाउँपालिकामा रोपाइँ शुरु हुन सकेकै छैन । भरतपुर महानगरपालिकामा जम्मा तीन प्रतिशतमात्रै रोपाइँ भएको छ ।
सबैभन्दा बढी राप्ती नगरपालिकामा ३० प्रतिशत र खैरहनी नगरपालिकामा २५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख श्रेष्ठ बताउनुहुन्छ । रत्ननगर नगरपालिकामा १२, माडीमा १० र कालिका नगरपालिकामा तीन प्रतिशत रोपाइँ भएको छ ।
“अहिलेसम्म राम्ररी पानी पर्न सकेन र रोपाइँ भएन, अब मौसम सक्रिए भएको छ असार १५ पछि रोपाइँको क्रम तीव्र हुन्छ”, श्रेष्ठले भन्नुभयो । कतिपय किसान कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर बसिरहेका छन् । भरतपुर महानगरपालिका–२० चन्द्रनगरका प्रेम घिमिरे पश्चिम क्षेत्रमा रोपाइँको तरखर नै शुरु नभएको बताउनुहुन्छ ।
कतिपय किसानले विगतको अनुभव हेरेर बीउ नै ढिला राखेको उहाँको भनाइ छ । “पानी परेकै छैन, त्यसैले अन्त पनि रोपाइँ हुने कुरै छैन”, घिमिरेले भन्नुभयो । उहाँले १० कट्ठा क्षेत्रमा रोपाइँका लागि भर्खरै बीउ राख्नुभएको छ ।
पूर्वी चितवनको शक्तिखोरका टीकाप्रसाद जमरकट्टेल भने धान रोप्ने तरखरमा हुनुहुन्छ । उहाँका अनुसार सो क्षेत्रमा पनि फाट्टफुट्टमात्रै रोपाइँ भएको छ । अब एक दुई दिनभित्रमा भने रोपाइँ शुरु हुने उहाँले बताउनुभयो ।
पूर्वी चितवनको भण्डारा र कुमरोजबाहेक अन्य क्षेत्रमा विगत वर्ष जसरी रोपाइँ हुन सकेको छैन । विगतको वर्ष यो समयमा पर्याप्त वर्षा भएकाले पनि धेरै रोपाइँ भएको थियो ।
जिल्लामा यसवर्ष कूल २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान छ । त्यसमध्ये अहिलेसम्म तीन हजार १६३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । कार्यालय प्रमुख श्रेष्ठले वर्षेनी धान रोप्ने क्षेत्र घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँका अनुसार तीन वर्षअघि चितवनमा २९ हजार ५०० हेक्टरमा रोपाइँ हुन्थ्यो । गएको वर्ष २९ हजार हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष भने २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान यहाँ उत्पादन हुन्छ ।
कतिपय धान खेत हुने क्षेत्रमा घडेरी र प्लटिङ भएको र कतिपय माछापालनमा समेत प्रयोग भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा चैते धान चार हजार ५७५ हेक्टरमा हुने र यसबाट करीब २० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धान उत्पादन गरिँदैछ । किसानलाई धानखेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तर धानखेती हुने क्षेत्र वर्षेनी घट्दै जानु चिन्ताको विषय बन्दै आएको छ ।
धेरै धान उत्पादन हुने चितवनको कुमरोजमा यसपालिको चैते धान रोगले सखाप पारेपछि यहाँका किसान चिन्तित छन् । राज्यले पनि धान उत्पादन गर्ने किसानलाई राम्ररी प्रोत्साहन गर्न नसकेको किसानको गुनासो छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता