भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशलाई विकासको गतिमा लैजान सरकारले नीति बनाएर अगाडि बढेको बताएका छन् ।
धान दिवसका अवसरमा युवा संघ नेपाल र वाइसिएल नेपालले आज सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा संयुक्तरुपमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार विकासको गतिमा कहीँकतै नरोकिने बताए ।
महासचिव पौडेलले भने, “अहिलेको सरकारले हिजो यस्तो भयो भनेर गीत गाएर बस्दैन, विकासको खाकासहित नीति तथा योजना अगाडि लिएर जान्छ ।”
सरकारले देशमा कृषि उत्पादनमा अत्यधिक वृद्धि गरेर लैजाने नीति अघि सारेको बताउँदै कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण गर्ने, प्रांगारिक मलको विकास गर्ने, विषादीको अन्त्य गर्दै लैजाने गरी कार्यक्रम अघि सारेको उनको भनाइ थियो ।
कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष किरण थापाले आफ्नो वडामा शुरु भएको रोपाइँ कार्यक्रममा युवा संघ र वाइसिएलले तीन दिनसम्म श्रमदान गरेर धान रोपाइँ गर्ने जानकारी दिए ।
खेतको आलीमा बाजा बजाएर, असारे भाका हाल्दै भएको रोपाइँले कृषकलाई उत्साह थपेको थियो ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ