
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा भक्तपुरको खरिपाटीमा धान रोपाइँ गर्दै । तस्बिर – प्रदीपराज वन्त, रासस
भक्तपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए ।
उनले भने, “आगामी दिनमा सबै एक भएर अगाडि बढे काँग्रेस पुनः देशको एक नम्बरको पार्टी बन्छ, सबैलाई आफ्ना कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्न म आग्रह गर्दछु ।”
सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको भन्दै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको बताए ।
रोपाइँ कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिना संग्रौला, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नगरसभापति यादव अधिकारीलगायत सहभागी थिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा