काठमाडौँ- सरकारी संस्थामा चिकित्सा शास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त चिकित्सक परिचालन कार्यविधि, २०७२ संशोधन हुने भएको छ ।
सचिवस्तरीय निर्णयबाट आज चिकित्सा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गर्दै कार्यविधि संशोधन गरी मस्यौदा तयार गरेर मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ ।
कार्यविधिमा छात्रवृत्तिमा विशेषज्ञता हासिल गरेका चिकित्सकले अनिवार्य रुपमा पाँच वर्ष सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नुपर्ने प्रावधान राखिएपछि चिकित्सक संघ र छात्रवृत्तिमा अध्ययन गरिरहेका चिकित्सकको विरोधपछि मन्त्रालयले कार्यविधि संशोधन गर्न लागेको हो ।
मन्त्रालयका शाखा अधिकृत कृष्ण सुवेदी सदस्य सचिव रहेको समितिमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा विकास देवकोटा, छात्रवृत्ति शाखाका प्रमुख जीवनकुमार मल्ल, कानून उपसचिव गंगाबहादुर खरेल, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, स्कलर रेसिडेन्टस सोसाइटी, नेपाल मेडिकल एशोसियसन र सरकारी चिकित्सक संघका प्रतिनिधि सदस्य रहनेछन् ।
निर्देशिकाको छात्रवृत्ति प्राप्त विशेषज्ञको चिकित्सक परिचालन समन्वय समितिमा रहेका पदाधिकारी पनि सो समितिमा रहने छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता